Tuesday 8th September 2026

एनसीसी कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइ सक्नुपर्ने


तितोपाटी – एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ ।

निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथा निर्वाचन कार्यतालिका समेत यस अघि नै प्रकाशित गरी यहि जुलाई महिनाको १९ तारिक राती १० बजेसम्म अनलाइनबाट पञ्जिकृत फाराम भर्न पाउने समय सिमा तोकेको छ ।

यसै वर्षबाट गैर आवासीय नेपाली संघले पञ्जिकृत सदस्यता फाराम अनलाइनबाट भर्नु पर्ने गरी कार्यन्वयनमा ल्याएकोले पञ्जिकृत सदस्यता फाराम पनि धमाधम भर्ने काम भइरहेको छ । यस क्रममा फाराम भर्दा अनलाइनबाट भर्नुपर्ने र फाराम शुल्क नगद बुझाउनु पर्ने भएकोले अधिकांश पञ्जिकृत सदस्यता फाराम भरेका दाजुभाइ तथा दिदीबहिनीहरुको नगद सम्बन्धित ब्यक्तिलाइ प्राप्त नभएकोले फारामको अन्तिम स्वीकृति हुन पाएको छैन ।

तसर्थ अनलाइनबाट पञ्जिकृत फाराम भर्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले जो जस मार्फत फाराम भर्नु भएको छ सोही ब्यक्ति मार्फत यहि जुलाई १९ तारिक राती १० बजे भित्र नगद बुझाउनु हुन अनुरोध गर्दै म्याद गुज्रेपछि पञ्जिकृत फाराम अस्वीकृत हुने ब्यहोरा यसै सूचना मार्फत सूचित गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...