Friday 17th May 2024

रोएँ(कविता) – पुर्णिमा बुढा मगर


दुर्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोएँ
माफी माग्दै उसैलाई सिर झुकाउँदै रोएँ ।

स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ
तिम्रो चोटमा आफ्नै मन दुःखाउँदै रोएँ ।

केही पाउनलाई केही गुमाउन पर्दा यहाँ
कसम खाँदै जोडिएका नातालाई छुटाउँदै रोएँ।

पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ
तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ ।

आँसुहरु सुकिसके सुख्खा छन आँखाहरु
तिमीलाई बिदा गर्दा हिम्मत जुटाउँदै रोएँ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...