Tuesday 31st March 2026

तमू प्ये ल्हु संघ,कुवेतले तमू ल्होसार ३ जनवरी २०२० मा अतिथी कलाकारको साथ मनाउने


तितोपाटी – तमू प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने भएको छ । गत जुलाई १२ तारिक शुक्रबारको दिन अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगायत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा उक्त निर्णय गरेको हो।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै मानविय र सामाजिक सेवाका कार्यहरूमा कुवेतमा कृयाशिल अन्य संघ सँस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघले विगत वर्षहरूमा नेपालबाट अतिथि कलाकारहरु गयाक तिलक गुरुङ,गयिका इन्दिरा गुरुङ लाइ कुवेत ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सकेको छ।

तमू प्ये ल्हु संघ कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग)को अबसरमा आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने कार्यक्रमको लागि नेपालबाट अतिथी कलाकार को ल्याउने भन्ने बारेमा र कार्यक्रम कुन ठाउँमा गर्ने भन्ने बिषयमा टुंगो लागि नसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने बताइएको छ भने उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ। उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले पनि अरू कार्यक्रम नजुधाइदिन पनि प्ये ल्हु संघ कुवेतले सबैमा अाग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...