Thursday 10th September 2026

गायक रोशन हाङखिम राइको पुर्वेली लोकगीत “पुवा खोला देउमाइ खोला” बोलको गीत युटुब मार्फत सार्वजनिक


तितोपाटी – प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक  रोशन हाङखिम राइको पुर्वेली लोकलयको  “पुवा खोला देउमाइ खोला” बोलको गीत केहि दिन अघि युटुब मार्फत  सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने इलाम जिल्लालाइ चिनाउने र इलामका धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरूको छायांकन गरिएको छ ।

प्रवासबाट सामाजिक र मानविय सेवाका कार्यमा हातेमालो गर्दै अघि बढेको प्रवासी इलामेली सेवा समाज कुवेत गठन गर्न मुख्य खम्बाको रूपमा कार्य गरेका गायकको आफ्नै शब्द, लय र संगीत रहेको उक्त गीतमा शब्द, संगीत र दृष्यको अत्यन्तै मिठो संयोजन गरिएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका लय, संगीत र गायनका त्रिवेणी राइले पर्यटकिय जिल्ला इलामलाइ विश्वभर चिनाउन यस भिडियो मार्फत राम्रो प्रयाश गरेका छन् ।

गायक राइसँग युगल गायनमा गायिका सुनिता थेगिमले साथ दिएकी छन् भने म्युजिक एरेन्जमन्ट बलराम समालले गरेको यो म्यूजिक भिडियो शिखर प्रोडक्सन हाउस, इलामले तयार गरेको हो । एक्सन स्टुडियो काठमाण्डाैंका सुवास कुथुमी राइको रेकर्ड तथा मदन र रिताको अभिनयमा सजिएको यो भिडियो हेर्दा दर्शकलाइ स्वयं इलाम पुगेको महशुष हुन्छ ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोसः


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...