Friday 5th December 2025

चर्चित चार कलाकार द्वारा तिज गित ‘सुहायो चौपट्टै’ सार्वजनिक(भिडियो सहित)


तितोपाटी- गायक राजु ढकाल,पशुपति शर्मा, र गायिका देवी घर्ति,सुस्मिता घर्तीको बेजोड प्रस्तुतिमा उक्त तिज गित ‘सुहायो चौपट्टै’ युट्युब द्वारा भिडियो सार्वजनिक भएको छ। हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज पर्व विशेष गीतहरू तयार गर्न  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाइ भ्याइनभ्याई छ । धेरै कलाकार हरुले त आफ्नो तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । यसै क्रममा पशुपति शर्मा ,राजु ढकाल देबि घर्ती र सुस्मिता घर्ती को आवाज र अभिनय रहेको नयाँ गीत हिजो मात्रै सार्बजनिक भएको छ ।

उक्त गीतको भिडियोमा गायक गायिका सबैले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई विजय बुढा मगरले खिचेका हुन्, ‘गायिका देवी घर्ती र राजु ढकालको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको गीतको भिडियो निविन घर्ती मगरले सम्पादन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...