Friday 3rd May 2024

तमू समाज कुवेतले तमू ल्होसार १० जनवरी २०२० मा मनाउने


तितोपाटी – तमू समाज कुवैतले तमुहरूको महान चाड “तमू ल्होसार” आगामी १० जनवरी २०२० मा मनाउने भएको छ । “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी जनवरी १० मा मनाउने निर्णय गरेको समाजका अध्यक्ष राजु गुरुङले मिडिया मार्फत जानकारी गराएका छन् ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक र मानविय सेवाका कार्यमा निरन्तर लागि पर्दै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई समाजका कलाकार भाई बहिनीहरुको जोडदार प्रस्तुती रहने जानकारी दिएको छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने पनि अध्यक्ष गुरूङले बताए ।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,  पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सूचित गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले पनि कुनै पनि प्रकारका कार्यक्रमहरू नजुधाइ दिनुहुन पनि तमु समाज कुवेतले अनुरोध गरेको छ ।

आयोजक : तमू समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: १० जनवरी २०२० शुक्रबार


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...