Thursday 1st October 2026

तमू समाज कुवेतले तमू ल्होसार १० जनवरी २०२० मा मनाउने


तितोपाटी – तमू समाज कुवैतले तमुहरूको महान चाड “तमू ल्होसार” आगामी १० जनवरी २०२० मा मनाउने भएको छ । “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी जनवरी १० मा मनाउने निर्णय गरेको समाजका अध्यक्ष राजु गुरुङले मिडिया मार्फत जानकारी गराएका छन् ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक र मानविय सेवाका कार्यमा निरन्तर लागि पर्दै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई समाजका कलाकार भाई बहिनीहरुको जोडदार प्रस्तुती रहने जानकारी दिएको छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने पनि अध्यक्ष गुरूङले बताए ।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,  पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सूचित गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले पनि कुनै पनि प्रकारका कार्यक्रमहरू नजुधाइ दिनुहुन पनि तमु समाज कुवेतले अनुरोध गरेको छ ।

आयोजक : तमू समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: १० जनवरी २०२० शुक्रबार


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...