Monday 12th January 2026

अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा


तितोपाटी – अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा परेका छन् । स्थानीय सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वटा वडाका विभिन्न बस्ती डुवानमा परेका हुन। महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएकाे छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् । यद्यपि, यी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन ।

बिहीबारदेखि सुरु वर्षा यथावत रहेकाले विराटनगर महानगरपालिकासँगै जिल्लाका अन्य स्थानको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...