Friday 20th March 2026

अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा


तितोपाटी – अविरल वर्षा पछिको बाढीले विराटनगरका केहि बस्ति डुबानमा परेका छन् । स्थानीय सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वटा वडाका विभिन्न बस्ती डुवानमा परेका हुन। महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएकाे छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् । यद्यपि, यी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन ।

बिहीबारदेखि सुरु वर्षा यथावत रहेकाले विराटनगर महानगरपालिकासँगै जिल्लाका अन्य स्थानको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...