Monday 12th January 2026

पपुवा न्युगिनीमा आदिवासीबीचको हिंसामा १० महिला र ५ बालबालिकाको हत्या


तितोपाटी – आदिवासीबीच हिंसा भड्किएपछि  पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।

घटनाको समय गाउँमा रहेका कारिडाको हेल्थ सेन्टरका अफिसर इन चार्ज फिलिप पिमुवाले द गार्जियनसँग कुरा गर्दै घटनामा १६ जना मारिएको बताएका छन् । जसमा एक वर्षको उमेरदेखि १५ वर्षको उमेरबीचमा रहेका ८ बालबालकिा रहेका छन् भने आठ महिला रहेका छन् । ती मध्ये दुई जना गर्भवति रहेका थिए ।

आरएनजीले भने १० महिला र ५ बलबालिकासहित १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । समाचारमा तारी प्रहरी प्रवक्ता थोमस लेभोङ्गोलाई उद्धृत गरिएको छ ।

सोमबार बिहान करिब ६ बजे उक्त घटना भएको थियो । आक्रमणकारीहरुले बन्दुक र धारिलो हतियार प्रयोग गरेका थिए ।

पछिल्लो समय पापुवा न्युगिनीको हेला प्रान्तमा आदिवासी हिंसा जारी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...