Friday 20th March 2026

नायिका शिल्पा खोखरेलको आफ्नै श्रीमान् छबि ओझा बिरूद्ध शान्ति सुरक्षा पाउँ भनि प्रहरीमा उजुरी


तितोपाटी – अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै विवाह गर्ने बोलेका पनि थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

शिल्पासँग विवाह गर्नुअघि छविराजका तीन जनासँग विवाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...