Friday 6th March 2026

निःशुल्क स्वास्थ्य सेवाको प्रत्याभूत गर सरकार !


तिलक भण्डारी (कमल) – सम्माननीय प्रधानमन्त्री ज्यूलाइ एक नेपाली नागरिकको नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु । हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ? म जस्ता लाखाैं युवाहरू अन्योलमा परेका छन्। म फेरी यसरी आफ्नो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर बिल्ला लगाउन पनि तपाइ पछि पर्नु हुन्न यो सावित भएको कुरा हो ।

जनचाहाना के हो र आजको आबश्यकता के हो भन्ने जानकारी नभएको जस्तो भान हुन्छ हिजो आज सरकारको गतिबिधि र दैनिक कार्यबिधि हेरदा र देख्दा । कुनै पनि विषयलाइ अनुमोदन गर्दा बिना छलफल र सहकार्य बिना कार्य अगाडि लैजादा अन्योल सृजना हुन्छ भन्ने कुरा जानकारी नभएको हो कि शक्तिको मात लागेको या मेरो गोरूको बाह्रै टक्का भन्ने भएको हो । आज लाखाैं युवा अन्योलमा परेका छन । तर्सथ यस्ता कार्यले नत कार्यकतालाइ फाइदा नत जनतालाइ फाइदा मात्र प्रतिपक्षलाइ आगोमा घ्यु हाल्ने बाहेक अन्य कुनै फाइदा गर्दैन । त्यसकारण बुहत छलफल र निषर्कशबाट नै यस्ता विषयमा अनुमोदन गर्दा सरकालाइ पनि फाइदा र जनतामा पनि आशा पलाउँछ ।

दुइ तिहाइ मार्फत तपाइले धैरै विषयलाइ अनुमदोन गर्न सक्नु हुन्छ । अहिले जनताका मुलभुत समस्याहरू के हुन् भन्ने कुरामा तपाइ पनि जानकार हुनुहन्छ । सरकारले गर्न सक्ने काम कर्तब्य र दायित्व धैरै छन । जनचाहना पनि धैरै छन् तर यो जनचाहनालाइ कसरी अनुमोदन गर्ने भन्ने कुरा यो सरकारको काँधमा छ ।

जनताका चाहाना असिमित हुन्छन हुनु पनि पर्छ तर तपाइले हाम्रो शिक्षा स्वास्थ्य र रोजगारीमा अलिकति ध्यान दिने हो भने लाखाैं युवा विदेश पलायन हुनबाट रोक्न सकिन्छ । सरकारले दैनिक असारे बजेटमार्फत अर्वाैं रूपैया खर्च गरेको यस्तो कामले न विकास हुन्छ? न जनताले राहत र प्रतिफल पाउँछन्? मात्र बजेटलाइ सिध्याउने खेल बाहेक अरू केहि पनि उपल्बध हुदैन । त्यसकारण यस्तो दैनिक अर्वाैं खर्च हुने पुजि उद्योग-कलकारखाना कृषि-सिचाइमा किन लगानि गर्न सक्दैन? यो सरकारले आजको पेचिलो विषय यहि हो । उखान टुक्कामा अन्य विषयमा खर्च गर्ने समय यता ध्यान गए जवाफ कामले दिन्छ शब्दले होइन ।

कृषिमा र सिचाइमा मात्र सरकाले ध्यान दिने हो भने अर्वाैं आयात गर्ने धान चामल तरकारी हामी परनिर्भरको अन्त्य गरी निर्यात गर्न सक्षम हुने थियाैं । बेरोजगार लाखाैं युवाले अरबको ५०-५५ डिग्रीको घाम खाने अबस्थाको अन्त्य हुने थियो । गाँस, बास, कपास र सहबासको निश्चित हुने थियो । जय जय ओली ! सुखको संसारमा रमाउने बातवरण सृजना गर्नु भयो हजुरको भलो होस भोली भनि सडक देखि सदन सम्म गीत बज्ने थियो ।

अहिले समाजिक संजालमा विषेश गरी स्वास्थ्य सम्बन्धि समस्या लिएर सहयोगको अपेक्षा गरी कष्टका चित्रकार बाहिर आउँछन् । दुइ तिहाइको सरकाले दैनिक असारे बजेटमार्फत अर्वाैं खर्च गर्न तत्पर छ तर स्वास्थ्य जस्तो जटिल विषयमा किन जनताको पहुच पुर्याउने वातावरण सृजना गर्दैन। यो सरकारले अरू केहि नगरे पनि स्वास्थ्यमा पुर्ण निःशुल्कको ब्यबस्था गर्ने हो भने मात्र पनि जनताले ठुलो राहत महसुस गर्ने छन । प्रधानमन्त्री पनि मृगाैला पीडित हुनुहुन्छ रोगको समस्या र खर्चको विषयमा पनि यहाँलाइ पुर्ण जानकारी छ । त्यसकारण सरकाले जति सक्दो छिटो वीमा मार्फत हल गर्ने वा अन्य तरिकाबाट जनताको स्वास्थ्यमा पहुच पुर्याउने, यो बिषयमा अलि गम्बिर भएर सोच्ने समय आएको छ । जति सक्दो छिटो स्वास्थ्यमा पुर्ण निःशुल्क लागु होस, सरकारसँग पैसाको अभाब छैन मात्र सोच विचारको अभाब हो । दुरदृस्टि राखेर दिर्घकालिन सोचको साथ सरकारले उपरोक्त समस्याको समाधान हेतु कार्य गरेमा यो समस्याको अन्त्य होला भन्ने अपेक्षा राख्दछु ।

इतिहासको प्रत्येक पानामा तपाइलाइ भाबी सन्नततिले सम्झने छन । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टि गर्ने हो भने अबको ३० बर्ष नेकपा ले राज्यसता सम्हालेर देशमा आमुल परिर्बतन गर्न सक्छ । जनताले चाहेको कुनै दल होइन मात्र चाहाना हो विकास र समृद्धिको । दैनिक जनताका दैनिक जिवनयापनको समस्या सम्बोधन होस गाँस बास कपास र सहबासको लागी देश छोडेर प्रदेश हिडने समयको अन्त्य होस । अहिले हाम्रो चाहाना भनेको पुर्ण निःशुल्क स्वास्थ्य सेवाको ब्यबस्था होस, भोली बिरामी हुँदा भएको सबै सम्पति बेचेर उपचार गराउनु पर्ने समयको अन्त्य होस भन्ने नै हो । यसका लागि सबैले आ-आफ्नो ठाउँबाट यो विषयमा आवज उठाउने प्रयत्न गराैं । भोलीका यस्ता रोगको निवारण गर्ने संकल्प गराैं, यो नै जनताको चहाना हो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...