Friday 13th March 2026

नेपाल यु-१९ एसिया कपको लागि छनोट


तितोपाटी – नेपालले यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई पराजित गरेको छ। मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो। ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए।

पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए। खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए। यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...