Friday 14th November 2025

दार्चुलामा नाताले दाजु बहिनी पर्ने २ युवा-युवती एउटै कोठामा झुण्डिएको अबस्थामा मृत फेला परे


तितोपाटी – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारको पिपलचौरामा रहेको बिष्ट वियर वारको एक कोठामा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकै छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अन्दाजी २८ वर्षीय महादेव डागा र मालिकार्जुन-४ औतालेककी अन्दाजी २२ वर्षीया मनिषा राबल कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मनिषाको २ महिना अगाडि मात्रै विवाह भएको र दुबै नाताले दाजु-बहिनी पर्ने स्थानीयको भनाई छ । महादेवको २ श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानीय बताउँछन् ।

बिहान चाँडै उठाइ दिनु भनेर सोमवार राति कोठामा गएकाे वार सञ्चालककाे भनाइ छ । वार सञ्चालककी श्रीमती जानकी बिष्टले भनिन्, ‘मंगलबार बिहानै उठाउन जाँदा उनीहरूले ढोका खोलेनन्, भेन्टिलेसनबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरे’ ।

उनीहरुले के कारणले आत्महत्या गरे ? यो आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान पछि नै खुल्ने प्रहरीले जनाएको छ । घटनास्थलको अध्ययन पश्चात आफन्तलाई जानकारी गराएर शवको पोस्टमार्टम गर्ने तयारी भई रहेको प्रहरी प्रवक्ता हिम्मतबहादुर बोहराले जानकारी दिए ।

एक वर्षमा २०को आत्महत्या

दार्चुलामा यस आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या २० पुगेको छ । गत साउन यता १९ जनाले झुण्डिएर आत्महत्या गरेको र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

दार्चुलामा नाताले दाजु बहिनी पर्ने २ युवा-युवती एउटै कोठामा झुण्डिएको अबस्थामा मृत फेला परे


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...