Friday 6th February 2026

दार्चुलामा नाताले दाजु बहिनी पर्ने २ युवा-युवती एउटै कोठामा झुण्डिएको अबस्थामा मृत फेला परे


तितोपाटी – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारको पिपलचौरामा रहेको बिष्ट वियर वारको एक कोठामा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकै छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अन्दाजी २८ वर्षीय महादेव डागा र मालिकार्जुन-४ औतालेककी अन्दाजी २२ वर्षीया मनिषा राबल कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मनिषाको २ महिना अगाडि मात्रै विवाह भएको र दुबै नाताले दाजु-बहिनी पर्ने स्थानीयको भनाई छ । महादेवको २ श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानीय बताउँछन् ।

बिहान चाँडै उठाइ दिनु भनेर सोमवार राति कोठामा गएकाे वार सञ्चालककाे भनाइ छ । वार सञ्चालककी श्रीमती जानकी बिष्टले भनिन्, ‘मंगलबार बिहानै उठाउन जाँदा उनीहरूले ढोका खोलेनन्, भेन्टिलेसनबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरे’ ।

उनीहरुले के कारणले आत्महत्या गरे ? यो आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान पछि नै खुल्ने प्रहरीले जनाएको छ । घटनास्थलको अध्ययन पश्चात आफन्तलाई जानकारी गराएर शवको पोस्टमार्टम गर्ने तयारी भई रहेको प्रहरी प्रवक्ता हिम्मतबहादुर बोहराले जानकारी दिए ।

एक वर्षमा २०को आत्महत्या

दार्चुलामा यस आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या २० पुगेको छ । गत साउन यता १९ जनाले झुण्डिएर आत्महत्या गरेको र १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

दार्चुलामा नाताले दाजु बहिनी पर्ने २ युवा-युवती एउटै कोठामा झुण्डिएको अबस्थामा मृत फेला परे


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...