Tuesday 18th August 2026

गायक रमेश कार्कीको “ओइ ओइ भनेर” ओएसआर डिजिटल मार्फत बजारमा


तितोपाटी – गायक रमेश कार्कीको “ओइ ओइ भनेर” बोलको पप आधुनिक प्रेमरसले भरिपुर्ण गीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । गायकको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलमार्फत गत हप्ता मात्रै सार्वजनिक भएको हो ।

गायक कार्कीको उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा मोडल आँचल शर्मा र सरोज मोक्तानको अभिनय रहेको छ भने अभिनय मार्फत दुबै कलाकारले गीतलाइ न्याय दिलाएका छन् । म्यूजिक भिडियोको निर्देशन राजिब समरले गरेका छन् ।

शब्द, संगीत र एरेन्जमन्ट बबुल गिरीले गरेको उक्त भिडियो साउण्डमिल स्टुडियोका रेकर्डिष्ट फुर्वा तामाङले रेकर्ड गरेका हुन भने सरस्वती श्रेष्ठको निर्माण र विवेक सुनारको दृष्य सम्पादनमा बनेको उक्त भिडियो महेश्वर मान राजभण्डारीले मिक्सिङ गरेका हुन् ।

म्यूजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोलाः


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...