Monday 12th January 2026

चीनमा आँधीको कारण ६ जनाको मृत्यु, ११० भन्दा बढि घाइते


तितोपाटी – चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा जुलाई ३ तारिख बुधबार आएको आँधी बाट ६ जनाको मृत्यु हुनुकासाथै ११० जना भन्दा बढि घाइते भएका छन् । ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको तोर्नेदो नामको आँधीले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षति पुर्‍याएको छ । करिब १५ मिनेटसम्म आएको तोर्नेदोको गति २३ मिटरप्रति सेकण्ड थियो ।

तोर्नेदो वायुको विशाल स्तम्भको रूपमा आकाश छेडन गर्दै गएको भयानक भिडियो भाइरल बनेको छ । उक्त प्राकृतिक प्रकोपपछि खाइयुआन शहरले तुरुन्तै दुई तहको आकस्मिक उद्धार शुरु गरेको छ । हाल उद्धार दल, आकस्मिक सेवा, चिकित्सा क्षेत्रलगायत सबैलाई उद्धार कार्यमा संलग्न हुन स्थानीय सरकारले निर्देशन दिएको छ । हालसम्म २१० जना प्रभावित मानिसको उद्धार गरिसकेको छ । साथै चीनको हाइनान प्रान्तमा मुन नामक ताइफुन आएको छ । प्रान्तीय जलवायु विभागले चीनमा यस वर्षको यो पहिलो आँधी भएको उल्लेख गरेको छ ।

हालसम्म कुनै जनधनको क्षति नभएको र डुंगा सेवा स्थगित गर्नुका साथै हवाई उडान रद्द वा विलम्ब गरेको जनाइएको छ । साथै सम्भावित क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...