Friday 20th March 2026

ललितपुरमा १७ वर्षीया किशोरीलाइ बन्धक बनाएर बलात्कार


तितोपाटी – ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। आरोपित युवाको स्थायी घर काभ्रेको पाँचखाल भएपनि महालक्ष्मी नगरपालिकाको चाँगाथली बस्दै आएका थिए। आरोपित अधिकारी असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ परेका हुन् । पाँच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...