Thursday 13th November 2025

नवलपरासीको कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु


तितोपाटी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।

सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...