Wednesday 11th March 2026

धादिङको कृष्णभीरमा बस र माइक्रो जुध्दा २ को मृत्यु, ३० घाइते


तितोपाटी – धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र २ वटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।

आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो ठोक्किँदा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्की एक २० वर्षिया युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

मृतक दुबैको शव यतिखेर गजुरी अस्पतालमा राखिएको छ। दुर्घटनामा घाइते १८ जनालाई काठमाडौं रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसार दुर्घटनामा घाइते ३० मध्ये १८ जनालाई काठमाडौं रिफर गरिएको छ भने अन्यको स्थानिय अस्पतालमै उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...