Thursday 13th November 2025

धादिङको कृष्णभीरमा बस र माइक्रो जुध्दा २ को मृत्यु, ३० घाइते


तितोपाटी – धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र २ वटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।

आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो ठोक्किँदा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्की एक २० वर्षिया युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

मृतक दुबैको शव यतिखेर गजुरी अस्पतालमा राखिएको छ। दुर्घटनामा घाइते १८ जनालाई काठमाडौं रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसार दुर्घटनामा घाइते ३० मध्ये १८ जनालाई काठमाडौं रिफर गरिएको छ भने अन्यको स्थानिय अस्पतालमै उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...