Wednesday 11th March 2026

बर्दियामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


तितोपाटी – बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्यज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...