Thursday 13th November 2025

बर्दियामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


तितोपाटी – बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्यज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...