Tuesday 10th March 2026

जनसम्पर्क समिति कुवेतको जागरण अभियान भव्यरुपमा सम्पन्न


तितोपाटी- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ।

“राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो” भन्ने नारा बोकेर जन-सम्पर्क समिति कुवेतले उक्त जागरण अभियान सञ्चालन गरेको थियो। कार्यक्रमको सभापतित्व समितिका सभापति कल्याण कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम समितिका महामन्त्री कृष्ण बहादुर तामाङले संचालन गरेका थिए। उक्त कार्यक्रममा कुवेतका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उल्लेख्मय उपस्थिति रहेको थियोे।

कार्यक्रमको सुरुवातमा उपस्थित कुवेतबासीलाई स्वागत गर्दै समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले स्वागत मन्तव्य दिएका थिए भने लगत्तै कांग्रेसको जागरण गीत पनि बजाईएको थियोे।

जनसम्पर्क समितिले आयोजना गरेको जागरण अभियानलाई सफल बनाउन विभिन्न विद्वान ब्यक्तित्वहरुले समेत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेवी पौडेल, प्रवासी मञ्चका युवराज गैरे, समाजवादी पार्टीका उपाध्यक्ष जयनारायण माझी थारु, एनआरएनए कुवेतका महासचिव हरि लावती, डिसि नेपाल डटकमका कुवेत प्रतिनिधि माधब शाही लगायतले मन्तव्य राखेका थिए।

त्यस्तै समितिका सल्लाहकार मन्जित राई, सल्लाहकार राजेन्द्र विरही र समितिकै वरिष्ठ उपाध्यक्ष माधव शर्माले जागरण अभियान बारे प्रष्ट्याएका थिए। समितिका सभापति, वरिष्ठ उपाध्यक्ष, सल्लाहकार र अन्य पदाधिकारीहरुले झण्डै २५ जना नव आगन्तुकहरुलाई नेपाली कांग्रेसको सदस्यतापत्र समेत प्रदान गरेका थिए। जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन अगस्ट १६ मा गर्ने भएको समेत जानकारी दिइएको थियोे।

अन्तमा कार्यक्रममा उपस्थिति सम्पूर्णलाई धन्यवाद दिदै, जनसम्पर्क समिति कुबेतका सभापति कल्याणकुमार श्रेष्ठद्वारा सभा बिसर्जन गरेको घोषणा गरिएको थियोे।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...