Sunday 25th October 2026

गजल – माधब पाैडेल ‘असलयात्री’


औंशी आउँछ जुन भाग्छ
पानी भेट्दा नुन भाग्छ ।

दु:ख सुखको लडाइँ हेरौ
हारेर पहिले कुन भाग्छ ।

शुभारम्भ हुन्छ कहिले ?
दिनै नपाई सगुन भाग्छ ।

पुर्ण गित वनाउन खोज्यो
सारेगमको धुन भाग्छ ।

भिन्नता छ हिमाल तराईमा
एकमा डराएर ऊन भाग्छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...