Thursday 19th March 2026

कुवेतमा कार्यरत सन्तोष कुंवरकाे श्रममन्त्री बिष्टलाइ हृदयविदारक पत्र


श्री माननीय श्रममन्त्री गोकर्ण विष्ट ज्यू

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

सिंह दरबार, काठमाण्डाैं

 माननीय ज्यू,

खै कहाँबाट शुरू गराैं हामी आप्रवासी श्रमिकको कथा । पल पल पीडा माथि पीडा थपिंदा पनि बुढा बाबु-आमाको स्वास्थ्योपचार, घर धानेर बसेका श्रीमान/श्रीमतीको घर ब्यवहार धान्न र तामाका मुना जस्ता कलिला छोराछोरीको उज्वल भविष्यको खातिर प्रवासी मानसिक रूपमा विक्षिप्त भएर बाँच्न बाध्य भएका छाैं । हामी बिगत धेरै वर्षदेखि कुवेतमा काम गर्दै आफ्नो श्रम पसिना बेच्दै काम गरेर घर-परिवार चलाउँदै आएका छौ। तर हामी श्रमीकहरूको मनोभावना नै नबुझी हजुरहरुको एक तर्फी निणर्यले बिगत दूई वर्ष देखि श्रम मन्त्रालयको आदेशानुसार घरेलु कामदारलाई श्रम स्वीकृति नदिने घोषणा गर्नु भएको हुनाले अहिले हामी हजारौं श्रमीक मारमा परेका छौ।

हामी हाम्रो जन्म भूमी नेपाल घरमा गएर आ-आफ्नो परिवारलाई भेट्ने अनि रमाउने सपना बोकेर काम गरी रहेका छौं । अब त घरजाने बेला भयो भन्दैै खुशी हुन्छौ तर नेपाल सरकारले पुनः आउन रोक लगाएको छ। यसकारण घरमा साना साना छोरा-छोरी बृद्ध बूवा-आमाहरु हामी प्रदेशीहरू कहिले आउने होलान भन्दै पर्खाइमा पीडित बनेर बसेका छन्। बुबा आमा छोरा छिट्टो आइजा भन्दै भावुक हुन्छन तर हामी गरीब नेपालीको पीडा कसले बुझ्ने?

गरिरहेको नोकरी छाडेर घरमा जाने हो भने नेपाल सरकारले फेरि फर्केर आउनको लागि श्रम स्वीकृतिमा रोक लगाएर राखेको छ । छाडेर जाँदा नेपालमा कुनै नोकरीको निश्चित छैन । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोक लगाए पनि आफन्तको मृत्यु हुँदा बिरामी भएको बेला अनेकौ जोखिम मोलेर अवैधानिक तरीकाले लाखौं तिरेर भारत लगायत अन्य देश हुँदै छुट्टी जान र आउन बाध्य छौ।

चाडपर्व अनि समयमा घर जान नपाउँदा ति स-साना बच्चाहरू अनि श्रीमती रुँदै बस्न वाध्य छन। कयौँ मनोरोगी भएका छन् । हामी पनि नेपाली नागरिक हौ।हामीलाइ पनि जन्म भुमिको माया छ। हामी मध्ये यहि काम गरेरै कयौँका बालबालिका राम्रो स्कुलमा पढि रहेका छन् ।कयौं रोगी बूढा बा आमाहरूले उपचार पाईरहेका छन् । कयौंको रोजीरोटी चलिरहेको छ।

अतः हामीलाई श्रम गरेर खान पाउने स्वतन्त्रताको अधिकारबाट बञ्चित नगरी दिनको लागि बिनम्र अनुरोध गर्दछौँ। कुनै पनि श्रमिक आफूले गरीरहेको काम सजिलो अनि सन्तुष्ट भएर नै पुनः आउने गर्दछ । यस विषयमाा नेपाल सरकारको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बिभाग लगायत सम्बन्धीत निकायले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ । हामीलाई श्रम गरेर खाने स्वतन्त्रताको अधिकारबाट बञ्चित नगरीयोस। नयाँ श्रमिक आउनको लागि कुनै नयाँ नियम लागु गरे पनि पुराना श्रमिकको लागि तत्काल पुनः श्रम स्वीकृति लागु गरीयोस् भनि जोडदार माग गर्दछौं ।

सन्तोष कुवंर

रेसुङ्गा नगरपालिका-१० सिमिचौर गुल्मी
हालः घरेलु कामदार कुबेत


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...