Thursday 13th November 2025

अछाममा ट्र्याकटर दुर्घटना हुँदा ३ को मृत्यु, ४ घाइते


तितोपाटी – अछामको चौरपाटी गाउँपालिका शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका-३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका -३ की लक्ष्मी साउद र काली साउदको पनि मृत्यु भएको छ।

उनीहरुमध्ये सहचालक रहेका रमेश साउदले गाउँपालिकाको दशपल्ले माविवाट यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी  र काली सोही विद्यालयको कक्षा ९ र ८ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको छ ।

लाइसेन्स नभएका सहचालक रमेशले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...