Wednesday 14th January 2026

पारस र सोमपाल दुबै जना उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा


तितोपाटी – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो । पारस खड्का अघिल्लो संस्करणका उत्कृष्ट वर्ष खेलाडी हुन ।

नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा ९ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसअघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन अर्वाडका लागि मनोनयनमा परेका छन् । सन्दीप लगातार दोस्रो पटक यस विधामा मनोनयनमा परेका हुन् । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् ।अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी

पारस खड्का (क्रिकेट), सोमपाल कामी (क्रिकेट), शुक्रबहादुर राई (गल्फ), इन्द्रबहादुर श्रेष्ठ (जुडो), युकेश गुरुङ (पाराग्लाइडिङ)

वर्ष उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल), सरस्वती चौधरी (भलिबल), सीता रानामगर (क्रिकेट), नीमा गुरुङ (तेक्वान्दो), मनिता श्रेष्ठ प्रधान (जुडो),

वर्ष उत्कृष्ट युवा खेलाडी 

अजितकुमार यादव (एथलेटिक्स), प्रिन्स दाहाल (ब्याडमिन्टन), मञ्जलीकुमारी योञ्जन (फुटबल), ललितनारायण राजवंशी (क्रिकेट), विजय श्रेष्ठ (कराते)

वर्ष उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ), हरि खड्का (फुटबल), धनीरामचौधरी (एथलेटिक्स), जगत टमाटा (क्रिकेट), ज्ञानेन्द्र बिष्ट (भलिबल–एपिएफ)


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...