Wednesday 11th March 2026

सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार


तितोपाटी – सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार भएको छ । कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो। जङ्गलमा घाँस काट्न गएको बेला हिँजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन्। पक्राउ परेका महरामाथि जबर्जस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताए।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...