Thursday 13th November 2025

सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार


तितोपाटी – सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार भएको छ । कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो। जङ्गलमा घाँस काट्न गएको बेला हिँजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन्। पक्राउ परेका महरामाथि जबर्जस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताए।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...