Tuesday 14th October 2025

सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे युवक पक्राउ


तितोपाटी – सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे  एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम सल्लेरीमा १३ वर्षीया एक बालिकालाइ हिँजो सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालिकाको अवस्था सामान्य छ। बालिकाले अभिभावकलाई घटना बताएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै प्रहरीले बलत्कारमा संलग्न युवकलाई सल्लेरी बजार आसापासबाटै पक्राउ गरेको हो। युवकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...