Sunday 23rd August 2026

‘दाल भात तरकारी’ को ५१ दिन : आँचललाई आइफोन, प्राविधिकलाई बोनस


तितोपाटी – यो वर्षको पहिलो हिट सिनेमा ‘दाल भात तरकारी’ निर्माण टिमले आइतबार ५१ औं दिनको सेलिब्रेसन गरेको छ । बैशाख २० गतेबाट रिलिज भएको सिनेमाले राजधानीका तीन सिंगल स्क्रिन गोपीकृष्ण, अष्टनारायण र गुण हलमा ५१ दिन मनाएको हो ।

ललितपुरमा आयोजना भएको ५१ दिने सेलिब्रेसन कार्यक्रममा सिनेमाको निर्माण टिमले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको थियो । कमै मात्र सिनेमाले सफलतामा प्राविधिकहरुलाई बोनस वितरण गरेको पाइन्छ । उक्त कार्यक्रममा सिनेमा निर्माणमा आवद्ध सम्पूर्ण टिमलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।यस्तै, कार्यक्रममा सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्मालाई भने निर्माण टिमले आइफोनको नयाँ भर्सन उपहारमा दिइयो ।

सिनेमाका निर्माता किरण केसीले आँचलले ‘दाल भात तरकारी’ले ५१ दिन मनाएको खण्डमा आफूलाई उपहारमा आइफोन दिनुपर्छ भनेकाले दिएको बताए । सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् यो उनको डेव्यु सिनेमा हो ।सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमाको ५१ दिनको सलिब्रेसन कार्यक्रममा सिनेमाका मुख्य कलाकारको साथमा अभिनेता भूवन केसी, अभिनेत्री करिश्मा मानन्धर, निर्मल शर्मा, प्रदीप भट्टराई, रमेश उप्रेती लगायत पनि पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

भेनेजुएलाको राजधानी काराकासमा उष्णकटिबन्धीय मौसमी प्रणाली (ट्रपिकल वेभ–४०) का कारण शनिबार परेको भीषण वर्षाले व्यापक बाढी निम्त्याएको छ। एल भाले…

प्रतिकृयाहरू
...