Thursday 13th November 2025

संखुवासभामा पहिरोमा थुनिएका ५१ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार


तितोपाटी – सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा एक सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई नागरिकलाइ हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो ।

अविरल वर्षा सँगै पहिरो खसेपछि मकालु – ५ का बासिन्दालाइ जनप्रतिनीधि र प्रहरी प्रशासनले समन्वय गर्दै सहयोग गरिरहेका छन् । पहिरोले अरूण तेश्रो जलविद्युत आयोजनालाइ पनि प्रभाव पारेको छ । मानिस बसोबास गर्दै गरेको घर पुर्नुको साथै अरुण तेस्रो आयोजनासहितका स्थानमा क्षति पुर्याएको

पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गरेका थिए । पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...