Wednesday 11th March 2026

भारतको राजधानी दिल्लीमा एक शिक्षकले श्रीमती र ३ सन्तानको विभत्स हत्या गरे


तितोपाटी – भारतमा एक शिक्षकले श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या गरेका छन्। राजधानी नयाँ दिल्लीको महरौलीमा शुक्रबार एक पुरुषले परिवारकै चार जनाको हत्या गरेका हुन्।

उनका दुई छोरी र एक छोरा थिए। जेठो छोरी ७ वर्षकी, छोरा ५ र कान्छो छोरी २ महिनाका थियो। उनले सबैको शुक्रबार राति साढे एक बजे हत्या गरेका हुन्। उनलाई प्रहरीले गिरफ्तार गरेको छ। घटनास्थलमा उनले चारै जनाको हत्या आफैले गरेको भन्दै एक नोट पनि लेखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि चारै जनाको हत्या उनैले गरेको खुलेको समाचारमा जनाइएको छ। उनी बस्ने घरमा उनकी आमा पनि बस्थिन। शनिबार बिहानसम्म उनी सुत्ने कोठाको ढोका नखुलेपछि छिमेकीलाई खबर गरेकी थिइन्।

छिमेकीले पनि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो। उनी एक विद्यालयका शिक्षक रहेकाे समाचारमा जनाइएको छ। यदपि उनकाे परिचय भने खुलाएएको छैन। उनले यस्तो किन गरे भन्ने केही खुलेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...