Wednesday 15th October 2025

बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग


तितोपाटी – बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग भएको छ ।  बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएपछि घरविहिन भएका हुन ।

डोजर लगाई घरविहीन बनाएकोमा रुपन्देहीका तीन संस्थाले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन्। एड्भोकेसी फोरमका संयोजक शिव गौडेल, थर्ड एलायन्स प्रदेश ५ संयोजक अग्निशक्ति यादव र नेपाल बालकल्याण संस्था, रुपन्देहीका महासचिव दिलिपकुमार मल्लिकले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन्। पीडितहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेकोमा उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा गत जेठ ३० गते बल प्रयोग गरी बिना कुनै पूर्वजानकारी अचानक डोजर लगाई घरटहरा भत्काएर घरविहीन बनाउने कार्य निन्दनीय भएको उनीहरूको भनाइ छ।

२०७३ असार १५ गते बुटवल उपमहानगरपालिकाको बोर्ड बैठकको निर्णय भएको हवाला दिँदै २०७६ वैशाख १५ गते उक्त जग्गा श्री ३ बडा महारानीको नाममा रहेको भन्दै ३५ दिनभित्र जग्गा खाली गर्न भनी सूचना टाँस गरेको थियो। २०२८ साल देखि उक्त जग्गामा बस्दै आएका भूमिहीन तथा सुकुम्बासी नेपाली नागरिक घरवारविहीन बन्न पुग्ने अवस्था देखेपछि उनीहरूले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उपमहानगरपालिकाले डोजर लगाएपछि पीडितहरू खुला आकासमुनि बस्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...