Wednesday 11th March 2026

बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग


तितोपाटी – बुटवलमा डोजर लगाएर १६ घरटहरा भत्काइएपछि घरविहिनहरूको विजोग भएको छ ।  बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाएपछि घरविहिन भएका हुन ।

डोजर लगाई घरविहीन बनाएकोमा रुपन्देहीका तीन संस्थाले प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन्। एड्भोकेसी फोरमका संयोजक शिव गौडेल, थर्ड एलायन्स प्रदेश ५ संयोजक अग्निशक्ति यादव र नेपाल बालकल्याण संस्था, रुपन्देहीका महासचिव दिलिपकुमार मल्लिकले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन्। पीडितहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेकोमा उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा गत जेठ ३० गते बल प्रयोग गरी बिना कुनै पूर्वजानकारी अचानक डोजर लगाई घरटहरा भत्काएर घरविहीन बनाउने कार्य निन्दनीय भएको उनीहरूको भनाइ छ।

२०७३ असार १५ गते बुटवल उपमहानगरपालिकाको बोर्ड बैठकको निर्णय भएको हवाला दिँदै २०७६ वैशाख १५ गते उक्त जग्गा श्री ३ बडा महारानीको नाममा रहेको भन्दै ३५ दिनभित्र जग्गा खाली गर्न भनी सूचना टाँस गरेको थियो। २०२८ साल देखि उक्त जग्गामा बस्दै आएका भूमिहीन तथा सुकुम्बासी नेपाली नागरिक घरवारविहीन बन्न पुग्ने अवस्था देखेपछि उनीहरूले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्पे्रषण परमादेशको मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उपमहानगरपालिकाले डोजर लगाएपछि पीडितहरू खुला आकासमुनि बस्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...