Wednesday 11th March 2026

जनकपुरमा करोडाैंको क्षति हुने गरि आगलागी


तितोपाटी – जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहानआगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएकाे छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।

जसका कारण सँगै रहेको सियाराम मिष्ठान्न भण्डारमा पनि क्षति पर्याएको हो। प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए। उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको  एउटा दमकलको सहयोगमा  बिहान करिब ५ बजे आगो नियन्त्रणमा  आएको हो। घटनामा मानवीय क्षति भएको छैन ।

आगलागी भएको थाहा पाउनासाथ कामदारले प्रहरीलाई खबर गरेका थिए।नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।  क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...