Monday 13th April 2026

सन्नी लियोनको एउटा गीतको लागि सिंगो फिल्म बनाउने बजेट खर्च


तितोपाटी – भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली फिल्म नै बन्ने गरेका थिए ।

कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले यो गीतका लागि  सम्राट् बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागअनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टिमले निर्देशन गरेको हो ।

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले ‘पासवर्ड’ निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...