Thursday 12th March 2026

त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिंदै


तितोपाटी – त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले  १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार र बाह्र), स्नातक र स्नातकोत्तर तहको केहि विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो।

त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भएपनि पनिकाले भने भर्खरै सूचना जारी गरेको हो। जसअनुसार परीक्षाको समय सीमा नाघेको तर सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्।

त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो तर यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...