Thursday 19th March 2026

भारतको चेन्नाईमा पानीको हाहाकार


तितोपाटी – भारतको चेन्नाईमा यतिखेर पानीको हाहाकार मच्चिएको छ । पानी भण्डार गरिएका प्रमुख चारवटा जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम संकट उत्पन्न भएको हो। पानीको अभाव बढ्दै गएपछि सहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँमा जमिन खनेर पानी निकाल्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् । पानी अभावका कारण रेल्वे स्टेसनदेखि रेस्टुराँ बन्द भएका छन् भने ट्यांरबाट सरकारले बाँड्ने पानी लिन सर्वसाधारण घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्था छ। वर्षा शुरू नभएसम्म केहि समयको लागि चेन्नाईमा यहि अबस्था रहने अधिकारीहरू बताउँछन् ।

सन् २०११ को जनगणना अनुसार भारतको छैटौं ठूलो सहर चेन्नाईले पछिल्ला केही सातादेखि पानीको चरम अभाव भोगिरहेको छ। पानी भण्डारण गरिएका मानव निर्मित जलाशय क्षेत्र सुक्न थालेपछि सहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ। पानी जोगाउनका लागि रेल्वे स्टेसनहरुलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने चेन्नाईस्थित विभिन्न कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन्। चेन्नाई मेट्रोले स्टेसनहरुमा रहेका एयर कन्डिसनिङलाई बन्द गरेको छ। प्रविधि क्षेत्रमा काम गर्नेहरुको संस्था ‘आइटी वर्कर्स एसोसिएसन’का महासचिव भिनोथ कालिगाईले केही संस्थाले कर्मचारीहरुलाई घरमै बसेर काम गर्न आग्रह गरेको पुष्टि गरेका छन्। ‘तर घरमा पनि पानीको अभाव सुरु भएको छ। यस्तो अवस्थामा हामीले के गर्ने हो,’ उनले प्रश्नसमेत गरेका छन्।

पानी अभावका कारण चेन्नाईक विभिन्न स्थानका स्थानीयवासीबीच झगडा समेत भएका विवरण प्राप्त भएको छ। पानी बाँडफाँडको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा प्रहरीले गत साता एक जनालाई पक्राउ गरेको थियो। पानीको अभाव हल गर्न अधिकारीहरुले पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन् भने सहरको पानी विभागले पानी हुनसक्ने क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको छ। तर सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह अधिकारीहरुका लागि ठूलो चिन्ताको विषय बनेको छ। ‘यो स्थितिलाई सहज बनाउने एउटै मात्र उपाय भनेको जमिनमुनि पानीको सतह बढाउने हो,’ चेन्नाईक एक सामाजिक अभियन्ता नाक्किरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। हामीले यसअघि पनि सुक्खा वर्षहरु झेलेका थियौं तर त्यतिखेर हामीलाई जमिनमुनिको पानीले बचाएको थियो,’ उनले भने।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...