Sunday 25th October 2026

निराश हुन्छौ र किन ? – सृजना पाण्डे(सिरु)


मन भित्र डुल्छ अनेकौं चाहना।
फेरि टाढा हुन्छ बनाई बाहना।
कोहीमा हुन्छ साहित्य हस्ति
कोही गर्छन् यहाँ मोज र मस्ति ।।
छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार,
आयौँ सबै हामी गरि निम्तो स्विकार ।।
घुमेर नाच न बजाएर ताली,
निराश हुन्छौ र किन पिर सम्झी खाली।१।

परदेशको ठाउँमा सधै भन्छौ काम,
कति भागी रहन्छौ र लिइ दाम नाम ।।
गयो आधा उमेर परदेशमै जवानी,
सबको हो यहाँ यो उस्तै कहानी ।।
आज छ जिवन भोलि कहाँ होला,
देखाउनु छ हामी खुलेर कला ।।
घुमेर नाच न बजाएर ताली,
निराश हुन्छौ र किन पीर सम्झी खाली।२।

जिन्दगी हो एउटा बगिजाने खोला,
आउदैन फर्केर मानिसको चोला ।।
आयो खाली हात ,जाने खालि हात,
यो अस्थीसँग खै ,को जान्छर साथ।
भरिदैन कहिले यो लोभी मन,
विलासी नजर माग्दछन् झन ।।
घुमेर नाच बजाएर ताली,
निरास हुन्छौ र किन,पीर सम्झी खाली ।३।

चल्दै छ यो मुटु जानी नजानी
बुझेन हो सायद हुनु छ खरानी ।।
आऊ हातेमालो गरी सब नेपाली,
अघि बढौं सब यो झण्डा उचाली ।।
घुमेर नाच बजाएर ताली,
निरास हुन्छौ र किन पीर सम्झी खाली ।४।

सृजना पाण्डे(सिरु)
रत्ननगर नगरपालिका~१
सौराहा चोक टाडी~चितवन
हाल~कुवेत


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...