Sunday 25th October 2026

‘भ्रष्टाचारै भ्रष्टाचार’ – राम बस्नेत


‘भ्रष्टाचारै भ्रष्टाचार’

कति सुन्दर शान्त थियो मेरो देश नेपाल ।
भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।।

वाइडबडी सुन काण्ड कता तिर बिलायौ
बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।।

भ्यागुताको चाल जस्तो विकास कति ढिलायो
काले खैरे गोरे सुन काण्ड कता बिलायो ।।

बाबुराम प्रचण्ड सेरे के पी ओली
भ्रष्टाचारका नाइके यिनी मात्र मिठो बोली ।।

हाम्रै रगत चुसेर खेली रहने होली
जनताले देखाउने छ्न तिमीहरुलाइ भोली ।।

चप्पल लगाइ ल्याएको गणतन्त्र टाइसुटमा पर्याए
भ्रस्टाचारै भ्रष्टाचारले देश लाई नै डुबाए ।।
भ्रस्टाचारै भ्रष्टाचारले देश लाई नै डुबाए ।।

 

रेसुङ्गा नगरपालिका – १० गुल्मी

हालः कुबेत


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...