Monday 29th April 2024

तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिले मेटिने?


तिलक भण्डारी(कमल) – मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ ।

हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र के का लागी ?  तर त्यसको बारेमा सोच्ने काम हामी कोही कसैबाट भएको देखिदैन। हामीसग स्वघोषित लगभग ७० भन्दा बढि संघ संस्था छन तर अहिले नियालेर हेर्ने हो भने पद र पगरी लिने बाहेक अन्य केहि काम गरेको देखिदैन । यसको अर्थ यो पनि होइन संस्थाको जननिको आबश्यकता छैन भनेर यस्को उचित ठाँउमा प्रयोग गर्न सके मात्र हामी सबैको भलो हुनेछ ।

प्रवासमा रहने संघ सँस्थाको उद्देश्य भनेको मात्र बिपन्नलाइ आर्थिक सहयोग मात्र हो कि अन्य थप कार्य पनि छन यो बिषयमा अलि गहन भएर सबैले प्रयाश गनुपर्ने देखिन्छ । प्रत्येक संस्थाका कार्यकारी प्रमुखले आफ्नो कार्यकालमा इतिहासले सम्झने क मदन र बिपि जस्तो लोकप्रिय बन्ने कार्य गर्नु पर्यो । हरेक नेतृत्वकर्ताको नाम अटल र उच्च सम्मानको साथ भाबि पिडिले सम्झने योग्य बनोस यहि कामना गर्दछु ।

लगभग स्वघोषित हामीसँग भएका राष्ट्रिय दुइ चार संस्था बाहेक अन्य क्षेत्रीय नै छन । त्यकारण हामी सबैले आ-आफ्नो क्षेत्रको विकास, निर्माण र रोजगारीको लागि प्रवासबाट गर्न सकिने सबै कार्य गर्नु आजको आबश्यकता हो । अहिलेको मुख्य चुनाैति भनेको कसरी हुन्छ बेरोजगारीलाइ अन्त्य गरी रोजगारी सृजना नै आजको आबश्यकता हो । त्यसका लागि राजनीतिक दलले दिने खोक्रो आश्वासन जस्तो हाम्रा योजना नबनाउँ । चाैतर्फी रूपबाट प्राप्त हुने अवसरहरूको सदुपयोग गर्दै उक्त मार्गमा हिड्दा आइ पर्ने चुनाैतिहरूको सामना गर्दै  आ-आफ्नो क्षेत्रमा सक्दो लगानी गरि आफ्नै क्षेत्रमा रोजगारीको सृजना गर्ने तर्फ मुखरित हुने प्रयत्न गराैं अबस्य सफल होइन्छ ।

यसको लागि अहिलेको प्रबल सम्भावना भनेको कृषि र पशुपलान नै मुख्य देखिन्छ । हामी अरबाैं रूपैयाँका कृषिजन्य फलफुल-तरकारी र माछा-मासु आयातमा रोक लगाउँदै आधुनिक र बैज्ञानिक तरकाले कृषि र पशुपालनकै क्षेत्रमा ब्यवसाय शुरूवात गराैं । यसो गरेमा हामीले विदेशमा रहेका करिब चालिस लाख युवालाइ स्वदेशमै स्वोरोजगार बनाउन सकिन्छ । अर्काको काम गर्ने होइन कि आफैं मालिक बनिन्छ र आयातको ठाँउमा नियार्त गरी देशको विकास र समृद्धि हाँसिल गर्न सकिन्छ । राम रमितामा दिन बिताएर एक अर्कामा भ्रमको खेती गरि पद र पगरी मात्र गुथ्ने काम नगरी स्वाबलम्बी भएर कार्य गरे हरेक क्षेत्रको अायातको निःषेध गरि जिवनस्तरलाइ  माथि उठाउन सकिन्छ ।

उनको जवानीलाइ पर्खाइमा बसेर जिवन बिते जस्तो गरी समयको दुरूपयोग किमार्थ मान्य हुदैन । उचित समयको सदुपयोग गरी हामी सबैले रोजगारीको सृजाना गरी यस्तो बिकारल बेरोजनगरी समस्याको हल गर्ने प्रयत्नमा हातेमालो गराैं । नाच्ने-गाउने र खाने-पिउनेमा मात्र संघ सँस्थालाइ संकुचित नगराैं ।संस्थाको नाम, काम र सम्मान भोलीको भविष्यको पिंढीले सम्झन योग्य सुचिमा राख्ने प्रयन्त गराैं यो नै आझको आबश्यकता हो।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...