तितोपाटी – नेपाल पत्रकार महासंघ कतारको आयोजनामा पत्रकार प्रशिक्षण तथा उदय-मनिला युगल सांगीतिक साँझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा हिँजो शुक्रबार एक सभ्य र भव्य कार्यक्रमको बिच भएको छ भने महासंघ कतार शाखाको प्रशिक्षण कार्यक्रमको अवसर पारेर अायोजना गरिएको उदय-मनिला सांगीतिक साँझमा सोताङ जोडीले दर्जनाै सुमधुर गीतहरू गाएर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाइ भरपुर मनोरञ्जन प्रदान गरे ।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको सभाध्यक्षता र महासंघ केन्द्रका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख अातिथ्यतामा सम्पन्न पत्रकार प्रशिक्षण तथा सांगीतिक साँझ सफल पार्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , नवोदित वाचनालय लगायतका सँस्थाहरुले नेपाल पत्रकार महासंघ कतार शाखालाइ सहयोग गरेको उक्त कार्यक्रमको पहिलो सत्रमा नेपाल पत्रकार महासंघ केन्द्रका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक संक्षिप्त सूचना प्रवाह ब्यावस्थापन र सचेतना तालीम र दोश्रो सत्रको रूपमा उदय-मनिला युगल सांगीतिक साँझ गरेर सम्पन्न गरिएको थियो ।
सांगीतिक साँझमा उपस्थित सम्पुर्ण दर्शकहरू सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए। नेपाली सुगम संगीत क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमन्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडे पछि बोलको गीतबाट प्रस्तुत गर्दा दर्शक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए। उदय सोतङको ठट्यौली सँगै रमाइलो गर्दै करिब अढाई घण्टाको सुमधुर लोकप्रिय गीत प्रस्तुतिमा दर्शकहरू निकै झुमेका थिए भने उदय-मनिलाका हरेक गीतलाइ वान्स मोर भन्दै दर्शक दिर्घाबाट फर्माईस अाएपछि पुनः चार वटा जति गीत पनि प्रस्तुत गरेर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाई मन्त्र मुग्ध बनाएका थिए । अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएको कार्यक्रम संचालन पत्रकार महासंघ कतार शाखाका सदस्य तथा रेगिस्तानी कवि तीर्थ संगम राईले संचालन गरेका थिए ।