तितोपाटी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।
पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो ।
आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए । उक्त गाडीलाई भने क्रेनको सहायताले बाहिर निकालिएको थियो ।खोलामा डुबेको सो गाडीको मर्मत गर्नु पर्ने भएपछि मन्त्री भने अर्को गाडीमा काठमाडौं फर्केका छन् ।