Thursday 15th January 2026

सारेगमप लिटिल च्याम्पमा इटहरीका प्रितम सेकेन्ड रनर अप बने


तितोपाटी – भारत कै टप गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका बाल गायक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको उक्त कार्यक्रम सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

भारतमा आज भएको फाइनलमा प्रितम सेकेण्ड रनर अप भए भने अर्का नेपाली बाल गायक आयुष केसी भने चौथो भएका छन् । प्रितम र आयुषले अडिसन देखि नै उत्कृष्ट गित गाउदै फाइनल सम्मको यात्रा तय गरेका थिए । प्रितमले जितसंगै दुई लाख रुपैया भारूको चेक र ट्रफी पनि पाएका छन ।

०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...