Thursday 12th February 2026

आर्घखाँची जिल्लाको खाँचीमैदानस्थित आदर्श विद्यालय ‘जंकफुड’ निषेधित क्षेत्र बन्ने


तितोपाटी- आर्घखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिका ७ खाँचीकोट मैदानको मा रहेको श्री आदर्श माध्यामिक विद्यालय लाई बाल क्लव, र जु.रे.स. को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम संचालन संगै जंकफुड’ निषेधित क्षेत्र बनाउने भएको छ।

सरसफाई कार्यमा धारा कुवा बाटो लगाएत, सार्वजनिक स्थलको सरसफाई एवंम विद्यालय वोरिपरिको झांडी सफाई गरिएको हो। वर्षातको समयमा फोहोरका कारण विभिन्न रोगले महामारी फैलाउन सक्ने भएकोले बातावरण लगायत विद्यालय वरीपरि सधै सफा हुनु पर्ने आदर्श विद्यालयका प्रधानाध्यपक दिल्लीराज थापाले बताए।

थापाका अनुसार यदि निरोगी हुने हो भने जंकफुड’ निषेधित क्षेत्र बन्नुपर्ने र सरसफाई प्रति आफुले ध्यान दिनु पर्ने बताउदै, बातावरण प्रधुषण भए हैजा झाडापखाला जस्ता महामारी जन्य सरुवा रोग लाग्ने भएकोले बातावरण सरसफाईको आयोजना गरेको बताए।

अहिलेका विद्यार्थी पहिलेकालेझैँ झोलामा भुटेको मकै र सातु हाल्न पनि लजाउँछन् । बढी पोषणयुक्त जौं, कोदो, कागुनो, गहुँ, फापर र मकैजस्ता अन्न पनि नयाँ पुस्ताले चिन्न पनि छाड्दै छन् । ताजा र पोषणयुक्त खाना र खाजालाई विस्थापित गरेको छ, जंकफुडले । विशेषत विद्यालय जाने बालबालिकाहरुको चाउचाउ, चिया–बिस्कुट, चाउमिन, कोकाकोला–पेप्सी इत्यादिमा लत बसेको छ । छोराछोरीलाई फकाउनदेखि दिउँसोको खाजा पकाउन पनि जंकफुडले साथ दिन थालेको छ । गाडीमा यात्रा गर्दा लेस, कुर्कुरे, चिजबल खाने चलन बढेको छ वा भनौँ जंकफुडको उपभोग संस्कार नै बन्न थालेको छ । विभिन्न सामुदायिक तथा नीजि विद्यालयमा हेर्ने हो विद्यालय सेरोफेरोमा रहेर विक्रेताहरुले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता वस्तुहरुको खुलेआम विक्रीवितरण गरिरहेका छन् ।

बालबालिकाले सानैदेखि जंकफुडको अत्यधिक नियमित उपभोग गर्नुले कुपोषणको खतरालाई बढावा दिइरहेको छ । यस्ता खाद्यवस्तु खान पल्केका बालबालिकाले घरमा पाकेका मिठोमसिनो नखाएको घटना पनि बढ्दो छ । ‘जंकफुड एकप्रकारको अखाद्य वस्तु हो, यसले शारीरिक रोगमात्र नभएर मानसिक रोग समेत निम्त्याउँछ’ वडा अध्यक्ष- प्रितम थापा भन्छन, ‘बालबालिकाले मात्रै होइन, वयस्क र प्रौढहरुले पनि जंकफुड खानुहुँन्न ।

कार्यक्रमा दुवै संस्थाको महत्वपूर्ण भूमिका रहेको थियो, जुरेस. को कमाण्डमा, उपाध्याक्ष- धनेश्वर खत्री, सचिव- संगीता बुढाथोकी, उपसचिव- मंजिता खड्का, त्यस्तै बाल क्लव बाट, उपाध्याक्ष- राधिका थापा, सचिव- अमृता क्षेत्री, सरसफाई स. शि. राम बहादुर के सी, वडा अध्यक्ष – प्रितम थापा, लगायत उक्त सरसफाई कार्यमा खटिएका थिए । समाजले यो नमुना काम गरेको भन्दै वडा अध्यक्ष- थापाले दुवै संस्थालाई धन्यवाद दिएका थिए । त्यस्तै बाल क्लवको संयोजकत्वमा अभय भारती रहेका थिए भने
सरसफाइ कार्यक्रममा विभिन्न क्लबका अन्य पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...