Monday 30th March 2026

नेपाली जनएकता सेवा समाज कुवेतको चाैथो वार्षिकोत्सव तथा अधिवेशनको तयारी पुरा


तितोपाटी – नेपाली जन-एकता सेवा समाज  कुवेतको चौंथो वार्षिकोत्सव तथा अधिवेशनको तयारी पुरा भएको सो समाज ले जनाएको छ । समाजले हरेक वर्ष रमदान पछिको इदको पहिलो दिन वार्षिक उत्सव मनाउँदै अाएको छ । यस वर्ष समाजले चाैथो वार्षिक उत्सव तथा अधिवेशनको अबसर पारेर विविध साँस्कृतिक कार्यक्रम पनि  अायोजनागरिने जनाएको छ । सँस्थाका महासचिव  डिबी भुसालले सो कुराको जानाकारी दिएका छन्  ।

“एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो”भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताउँदै वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम साँस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न गर्न लागिएकोले उक्त दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रम रहेको हुँदा कुवेतमा क्रियाशिल संघसंस्थाका  एवं प्रतिनिधीज्युहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेका छन् ।

कार्यक्रमको विस्तृत जानाकारी
*************************
स्थान: ब्लक १ रोड नं.१२४ विल्डिङ नं.१४ फर्वानिया
मिति: रमादानको अन्तिम दिन(इदको दिन)
समय: बिहान ठिक १० वजे
सम्पर्क नम्वरहरु: 55268903/97224908/66183131


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...