Thursday 6th August 2026

कुवेतमा अत्याधिक गर्मी बढ्यो,गर्मीबाट बच्न आँफै साबधान रहनुस !


हरि कृष्ण न्यौपाने-कुवेतमा मेई महिनाको अन्तिम साताबाट एक्कासी गर्मी बढेको छ। खास गरी हरेक वर्ष जस्तै सन २०१९ मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ्य मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ।

कुवेतको न्युज पोर्टलहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ,कुवेतमा यो वर्ष गत वर्षको भन्दा पनि तापक्रम बढेर ६४ डिग्री सम्म पुग्न सक्ने भनी कुवेतको जन श्वास्वास्थ्य तथा बातावरण बिभागले सम्पूर्ण कुवेती नागरिकहरुका साथमा कुवेतमा कार्यरत सम्पूर्ण आप्रवासी कामदारहरुलाई सतर्क रहन अनुरोध गरेको हो।

खास गरी छाला अस्वाभाबिक रुपमा सुख्खा, तातो र रातो भएमा, शरीरमा पानीको मात्रा कम भएर ब्लड प्रेसर लो भएमा, श्वासप्रश्वासमा समस्या आएमा, एक्कासी अत्याधिक टाउको दुखेमा, एक्कासी चक्कर लागेमा तपाईंको श्वास्थ्यमा गर्मीका कारण नराम्रो असर पर्ने र हृदयघात समेत हुन सक्नेछ। यदी त्यस्तो भएमा तुरुन्त श्वास्थ्य संस्था वा अस्पातलमा जानु होला।

श्वास्थ्य बिभागले भनेको छ,अत्याधिक गर्मी र यसको असरबाट हुन सक्ने नकारत्मक क्षतीबाट बच्न तपाईं आँफै सचेत हुनु पर्नेछ। जसको लागि निम्न कुराहरुमा ध्यान दिएमा अत्याधिक गर्मीबाट हुने क्षतिबाट बच्न सकिने छ।
 गर्मीको नकारत्मक असरबाट बच्न सके सम्म खुल्ला क्षेत्रमा दिउँसो काम नगर्ने-नगराउने।
 दिनको समयमा सके सम्म बिना काम वा घुम्नका लागि बाहिर ननिस्कने।
 पानी वा फ्रेस जुस अत्याधिक पिउने ।
 सके सम्म कफी वा मदिरा नपिउने तथा धुम्रपान नगर्ने ।
 गर्मी भयो भनेर अत्याधिक चिसो पानी वा पेय पदार्थहरु र आईस मिसाइएका खाध्य पदार्थ नखाने, जसले टनशिल पनि हुन सक्दछ।
 सके सम्म फ्रिजर वा चिलरमा राखेका खाध्यपदार्थहरु भन्दा ताजा खाध्यपदार्थहरु प्रयोग गर्ने।
 सके सम्म गाढा रंगको र टाइट फिटिङको कपडा नलगाउने ।
 सके सम्म शरीरमा टिपिक्क नहुने,हल्का रंगको कपडाहरुले पुरा शरीर छोप्ने गरी पोशाक लगाउने ।
 बाहिर हिँड्दा कालो चस्मा(सन ग्लास), क्याप लगाउने तथा छाताको प्रयोग गर्ने।
 खानामा ताजा तरकारी, साग-सब्जी, काँचो सलाद (गाजार,काक्रो,मुला, कागती) तथा फलफुलहरु बढी खाने ।
 कोक-पेप्सी लगायतको सोडा तथा इनर्जी ड्रिन्क्स कम पिउने।
 बाहिर हिँड्दा सधै पानी साथमा लिएर हिंड्ने, यदी चक्कर लाग्ला जस्तो भएमा मुख धुने वा टाउको भिजाउने।
 अत्याधिक गर्मी भयो भनेर कोठा वा अफिसको एयर-कन्डिशन(एसी)लाई धेरै चिसो नबनाउने।
 बाहिरबाट आउने बित्तिकै पोशाक परिवर्तन नगर्ने। केही समय कोठाको तापक्रममा आफ्नो शरीर एडजस्ट भए पछी मात्र पोशाक परिवर्तन गर्ने।
 बाहिरबाट आउने बित्तिकै पसिना नओभाइकन ननुहाउने।
त्यस्तै गरी कुवेतमा गर्मी एकाएक बढेसगैं कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (The Manpower Public Authority)ले एक सुचना प्रकाशित गर्दै कुवेतमा अध्याधिक गर्मी हुने महिना जुन १ तारिक देखी अगष्टको अन्तिम सम्मका लागि खुल्ला क्षेत्रमा दिनको ११:०० बजे देखी ४:०० बजे सम्म काम गर्न-गराउन प्रतिबन्ध लगाएको छ।
अन्तमा तीतोपाटी डट कम (कोसेली परिवार) कुवेत तथा मध्यपुर्बमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई श्वास्थ्यमा बिशेष ध्यान दिदै अत्याधिक गर्मीबाट हुन सक्ने नकारात्मक क्षतीबाट बच्न र अरुलाई पनि बचाउन अपिल गर्दछ।

स्रोतः विभिन्न स्वास्थ्य सामाग्रिबाट साभार गरिएको


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...