Sunday 25th October 2026

कुवेतमा अत्याधिक गर्मीका कारण दिउसोको समयमा खुल्ला स्थानहरुमा काम गर्न-गराउन निषेध


तितोपाटी डट कम– कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन निर्देशन दिएको छ।

PAMले सम्पूर्ण रोजगार दाताहरुलाई यो नियमलाई पालना गर्न अनुरोध गर्दै नियम कार्यान्वयन भए नभएको निगरानीको लागि निरिक्षण टोली खटाइने र कार्यान्वयन नगरिए कारबाही समेत गरिने बताएको छ।

कुवेतको अनलाइन न्यूज अरब टाइम्समा जनाइए अनुसार श्रम सम्बन्धी कानुन २०१० को दफा -६ अनुसार हरेक बर्ष अत्याधिक गर्मीको कारण बिहान ११ बजे देखी दिउसो ५ बजे सम्म खुल्ला क्षेत्रहरूमा काम गर्न-गराउन पाईन्न।अन्तरास्ट्रिय श्रमिक सुरक्षाको नियमले पनि अत्याधिक गर्मिका समयमा कामदारहरुको सुरक्षाका कारण देखाउदै जुन-१ देखी अगष्ट ३१ सम्म यसरी बाहिर काम नगर्न-नगराउन निर्देश गरेको छ।
फोटो साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...