Friday 13th March 2026

युरोपा लिग फुटबलको उपाधि चेल्सीले जित्यो


तितोपाटी – युरोपा लिग फुटबलको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । संयोगवश यसपटक दुवै इङ्लिस टोली फाइनलमा पुगे पनि आर्सनलको प्रदर्शन फितलो बन्यो ।

पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । चेल्सीलाई पहिलो हाफमा रोक्न सफल आर्सनल दोस्रो हाफमा निरीह बन्यो । एकपक्षीय खेलमा चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा ओलिभर गिरोड र पेड्रो रोड्रिग्विजले एक एक गोल गरे । आसर्नलका एलेक्स इओवीले एउटा सान्त्वना गोल फर्काएका थिए । दोस्रो हाफमा आक्रामक देखिएको चेल्सीले ४९औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल गिरोडले गरे । ६०औं मिनेटमा रोड्रिग्विजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि हाजार्डले दुई गोल थपे । सात वर्षदेखि चेल्सीमा खेलिरहेका हाजार्ड यसै सिजनबाट चेल्सी छाड्ने तयारीमा छन् । हजार्डले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । गिरोडलाई आर्सनलका मेटल्यान्ड निल्सले डीबक्सभित्र फल हानेर लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा चेल्सीको दबाब झेलेको आर्सनलका लागि एलेक्स इओबीले ६९औं मिनेटमा एक गोल फर्काए ।

त्यसपछि हाजार्डले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीलाई सजिलै च्याम्पियन बनाएका थिए । यस उपाधिसँगै हाजार्डले चेल्सी यात्रालाई सुखद अन्य गरेका छन् । हाजार्ड आगामी सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने तयारी छन् ।


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...