Sunday 11th January 2026

शक्तिशाली धामी बन्ने भन्दै जनकपुरमा अढाइ वर्षीय बालकको हत्या


तितोपाटी – धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या भएको थियो । वैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।

महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर वलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी साह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए । महतोले बालकको हत्यापछि शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए । पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थप गरिएको छ ।

अन्धविश्वासकै कारण उक्त घटना भएको प्रहरीको निष्कर्ष छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...