Wednesday 11th March 2026

अष्ट्रेलियामा एआइबीटी इन्टरनेशनलको दर्ता समेत खारेज


तितोपाटी – अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ ।

यससँगै करीब १ हजार विद्यार्थी थप समस्या परेका छन् । यस अघिको एआइबीटी र यो एआईबीटी इन्टरनेशनल एउटै व्यक्ति र संस्थाबाट सञ्चालित दुई छुट्टा छुट्टै शैक्षिक संस्था हुन् । यसले पनि अदालतमा पुनरावलोकन गर्न पाउने छ । यसअघि एआईबीटी नर्सिङ काउन्सिलमा दर्ता नुहँदा अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काको सूचिबाट खारेज भएको थियो ।

तीन महिना अघि दर्ता खारेजी भएको एआइबीटीको मुद्धा अहिले अदालतमा विचाराधीन छ भने विद्यार्थीहरु अन्योलमा छन् । अब यो कलेजमा अध्यनरत विद्यार्थीको समेत अवस्था उस्तै हुने भएको छ । यस्तै सिड्नीमा रहेको अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नर्सिङ निकाय समेत आस्काले खण्डित खारेज गर्ने निर्णय गरेको छ ।

-न्यूज२४नेपाल टिभीबाट


सम्बन्धित शीर्षकहरु

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

प्रतिकृयाहरू
...