Sunday 25th October 2026

लुम्बिनी समाज नेपाल-कुवेतको कार्यबाहक अध्यक्षमा रमेश “पाल्पाली”


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली “पाल्पाली” चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न ।

समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा तानिएका कारण संस्थाको गतिविधि नियमित सञ्चालन गर्न असहज भएकोले समाजलाइ सूचारू गरि गति दिनको लागि समाजको आकस्मिक बैठकले उक्त निर्णय गरेको बुझिएको छ ।

समाजको शुक्रबार कै बैठकले रुपेन्द्र बिक्रम हमाललाई छिटो भन्दा छिटो उक्त अभियानको रकम पारदर्शी रुपमा हस्तान्तरण गरि पीडित भागिरथ चापागाइलाई स्वदेश फर्काउन माहोल बनाउने वातावरण सृजना गरी निकास दिन दवाव दिएको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...