Saturday 10th May 2025

स्मार्टफोनको ब्याट्री कसरी धेरै टिक्छ ?


तितोपाटी – आजभोलीका स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलै सँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । यस्ता सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले नै स्मार्टफोनको प्रयोग आयु बढाउनका लागि प्रयोगकर्ता सतर्क हुनुपर्छ । ब्याट्रीको प्रयोगले उक्त ब्याट्री कति महिना वा वर्षसम्म राम्रो सँग प्रयोग गर्न सकिन्छ भन्ने कुरा जनाउछ । खासमा इण्टरनेटको प्रयोग बढेसँगै मोबाइलमा ब्याट्रीको खपत पनि बढ्दै गएको छ । इण्टरनेट प्रयोगले फोनको ब्याट्री धेरै समय टिक्दैन । यद्यपि, फोनको ब्याट्री बचाउन नसकिने भन्ने होइन । मोबाइलको ब्याट्रीको आयु लामो बनाउन केही उपाय अपनाउन सकिन्छ ।

१. सहि चार्जरको प्रयोग गर्ने

सहि चार्जरको प्रयोग नगरेमा ब्याट्री मात्र हैन तपाईंको स्मार्टफोन नै पूर्ण रुपमा बिग्रने सम्भावना हुने गर्दछ । खरिदको समयमा स्मार्टफोन मै आएको र स्मार्टफोन निर्माताले बनाएको चार्जर प्रयोग गर्नु उचित हुन्छ । अन्य कुनै चार्जर प्रयोग गर्नु परेको खण्डमा पनि उक्त चार्जरको एम्पियर र भोल्ट सहि छ छैन चेकजाँच गर्नु पर्दछ । बिग्रिएको वा भोल्ट र एम्पियर नमिलेको चार्जरले चार्ज गर्दा ब्याट्रीको प्रयोग आयु निकै नै घटेर आउछ । ब्याट्रीको प्रयोग आयु घट्नुको साथै ब्याट्री नै पड्किने जस्ता अवस्था पनि सिर्जना हुने भएकाले सहि चार्जरको प्रयोग गर्नुहोस् ।

२. चार्ज गर्दै स्मार्टफोन चलाउन बन्द गर्ने

चार्ज गर्दै स्मार्टफोन चलाउँदा ब्याट्री खराब हुने गर्दछ । यसमा पावर बैंक र भित्ते प्लगमा जोडिएको चार्जर दुवै पर्छन । चार्ज गर्दै स्मार्टफोन चलाउने बेलामा स्मार्टफोन र ब्याट्रीमा निकै धेरै ताप पैदा हुन्छ । लिथियम आयन ब्याट्रीका लागि उक्त ताप राम्रो हुँदैन । लिथियम आयन ब्याट्रीले उच्च तापमा चार्ज गुमाउने गर्छन् । त्यसैले गर्दा नै चार्जको समयमा स्मार्टफोन चलाउँदा उक्त स्मार्टफोनको ब्याट्रीको प्रयोग आयु निकै धेरै घट्न जान्छ । पूर्ण रुपमा चार्ज भएपनि नभए पनि स्मार्टफोनलाई चार्जरबाट निकालेर प्रयोग गर्नु नै उचित हुन्छ ।

३. फास्ट चार्जरले प्रयोग नगर्ने

हालै नयाँ स्मार्टफोनमा आएको निकै महत्वपूर्ण फिचर हो फास्ट चार्ज । फास्ट चार्जले स्मार्टफोनको ब्याट्रीलाई साधारण चार्जरको तुलनामा निकै कम समय मै फुलचार्ज गर्न सक्छ । फास्ट चार्ज गर्दा चार्जरले साधारणभन्दा उच्च मात्रामा चार्जहरू ब्याट्रीमा पठाउन सुरु गर्छ । धेरै मात्रामा चार्ज पठाउनका लागि भोल्टेज कि त एम्पियरमा परिवर्तन गर्नु परेको हुन्छ । उक्त उच्च भोल्टेज र एम्पियरले ब्याट्रीलाई धेरै स्ट्रेस दिन्छ र ताप पनि सामान्यभन्दा धेरै पैदा गर्छ जसले गर्दा ब्याट्रीको सरदर प्रयोग आयु घट्न जान्छ । नयाँ र फ्ल्याग्शिप स्मार्टफोनहरूमा चार्ज साइकल धेरै भएको ब्याट्रीहरू राखिएका हुन्छन् जसले फास्ट चार्जबाट हुने असरलाई केहि हदसम्म कम गर्छ ।

४. ब्याट्रीलाइ बारम्बार शून्य प्रतिशतमा जान नदिने

स्मार्टफोनको ब्याट्रीलाई बारम्बार शून्य प्रतिशत हुन दिनु राम्रो हुँदैन । ब्याट्रीको प्रयोग आयुलाई उन्नत राख्नको लागि ब्याट्रीलाई अधिकतम् ८०% प्रतिशत र न्यूनतम २०% सम्म हुन दिनु राम्रो ठहरिन्छ । शून्य प्रतिशतसम्म ब्याट्रीलाई प्रयोगमा ल्याउँदा उक्त ब्याट्रीमा भएका लिथियम आयनका चार्जहरू घट्न थाल्छ । १०० प्रतिशतसम्म चार्ज गर्दा पनि यस्तो समस्या देखिन सक्छ तर आजभोलिका स्मार्टफोनहरूमा ओभरचार्ज अर्थात् आवश्यकभन्दा बढी चार्जबाट हुने हानिबाट बचाउनका लागि विशेष प्रविधिको प्रयोग गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...