Tuesday 13th January 2026

कविताः वीर बहादुर


माधब पाैडेल ‘असल यात्री’

एक झुण्ड मानिसहरुको भिड थियो
नजिकै चिल्लो गाडी रोकिएको थियो
पछाडि ढोका खुल्यो
सरकारी पोशाकधारी ओर्लिए
हतार हतार दौडिदै
दाहिने पट्टीको ढोका खोले र
बुट बजार्दै सलुट गरे
हाम्रो गाँउको बिर बहादुर
दौरा सुरुवालमा सजिएर आएका रहेछन्
ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए
सबै एक साथ दुई हात जोड्दै
तछाड मछाड गर्दै भन्न लागे
नेताज्युको जय होस् नेताज्युको जय होस् ।

म परबाट निहालिरहे, मनमनै गुन्न थाले
हिँजो आगोले गाँसेको तुनावाला चप्पलधारीलाई
सुनेको थिए राजधानीमा महल छ रे
नगद कतिकति देश विदेशमा बैंक खाता अरे
संगै पड्ने वीरे आज नेतावीर बहादुर भएछन्
उसका दुःखका दिनहरु गएछन् ।
सम्झे ती दिनहरु
जहाँ सामन्तीलाई काटिएको थियो
प्रजातान्त्र ल्याउनै भनी हजार जनतालाई
वलि चढाइएको थियो ।

म झसङ्ग भए, मनन गरें
हो साच्चिकै प्रजातान्त्र आएकै रहेछ
प्रजातान्त्र मात्र होइन यहाँ त गणतन्त्र आएछ
जस्तो मादल बज्छ
त्यहि तालमा नाच्नु पर्ने भएछ
नचाहँदा नचाहँदै
म पनि सवारी नजिकै गए
शिर निहुराएँ र भन्नलागें
नेताज्युको जय होस् नेताज्युको जय होस् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...