Sunday 8th March 2026

कविताः वीर बहादुर


माधब पाैडेल ‘असल यात्री’

एक झुण्ड मानिसहरुको भिड थियो
नजिकै चिल्लो गाडी रोकिएको थियो
पछाडि ढोका खुल्यो
सरकारी पोशाकधारी ओर्लिए
हतार हतार दौडिदै
दाहिने पट्टीको ढोका खोले र
बुट बजार्दै सलुट गरे
हाम्रो गाँउको बिर बहादुर
दौरा सुरुवालमा सजिएर आएका रहेछन्
ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए
सबै एक साथ दुई हात जोड्दै
तछाड मछाड गर्दै भन्न लागे
नेताज्युको जय होस् नेताज्युको जय होस् ।

म परबाट निहालिरहे, मनमनै गुन्न थाले
हिँजो आगोले गाँसेको तुनावाला चप्पलधारीलाई
सुनेको थिए राजधानीमा महल छ रे
नगद कतिकति देश विदेशमा बैंक खाता अरे
संगै पड्ने वीरे आज नेतावीर बहादुर भएछन्
उसका दुःखका दिनहरु गएछन् ।
सम्झे ती दिनहरु
जहाँ सामन्तीलाई काटिएको थियो
प्रजातान्त्र ल्याउनै भनी हजार जनतालाई
वलि चढाइएको थियो ।

म झसङ्ग भए, मनन गरें
हो साच्चिकै प्रजातान्त्र आएकै रहेछ
प्रजातान्त्र मात्र होइन यहाँ त गणतन्त्र आएछ
जस्तो मादल बज्छ
त्यहि तालमा नाच्नु पर्ने भएछ
नचाहँदा नचाहँदै
म पनि सवारी नजिकै गए
शिर निहुराएँ र भन्नलागें
नेताज्युको जय होस् नेताज्युको जय होस् ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...