Saturday 28th March 2026

प्रवासी इलामेली सेवा समाज कुवेतले २८ जुनमा सांस्कृतिक कार्यक्रमको साथमा प्रथम वार्षिकोत्सव तथा अधिवेशन गर्ने


तितोपाटी – प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव बिभिन्न सांगीतिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् ।

“सम्मृद्द समाज निर्माण र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबार को दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।

उक्त अधिबेशन तथा वार्षिकोत्सवलाई ऐतिहासिक, भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कुवेतमा कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासी इलामेली सेवा समाज कुवेतले हार्दिक अनुरोध गरेका छ।

कार्यक्रम: वार्षिकोत्सव तथा अधिबेशन,साथै सांगीतिक प्रस्तुतिहरु

मिति: २८ जुन २०१९ शुक्रबार

स्थान : युनिक अडिटोरियम फर्वानिया कुवैत

समय: ११ बजेदेखि

आयोजक : प्रवासी इलामेली सेवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...